१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


चलचित्र निर्माण गर्ने तयारीमा जीतु नेपाल


494
Shares

काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् ।

उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् ।

आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज कार्यक्रममा जीतुले निर्देशक दिनेश डिसीसँग मिलेर चलचित्र बनाउन लागेको खुलासा गरे ।

कार्यक्रममा चलचित्रको विषयमा अन्य केही नबताएका जीतुले निर्देशक भने दिनेश डिसी रहने बताए । जीतुले भने ‘दिनेश दाई र म एउटा चलिचत्र बनाउने विषयमा छलफल गरिरहेका छौ’।

जीतु अहिले ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ल्याउने तरखरमा छन् । शोको यो सिजनका लागि अध्यक्षमा दीपाश्री निरौला र करिश्मा मानन्धर नभएर प्रियंका कार्की अनुबन्धित भएकी छन् ।

यसभन्दा अगाडि चलचित्र ‘छक्का पन्जा’ टिमसँग सहकार्य गर्दै आएका जितु यसपटक भने टिमबाट अलगीएका छन् ।