७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बैंकको ब्याजदर घटाएमा व्यवसायीहरूको मनोबल उच्च हुनेछः अध्यक्ष अग्रवाल


104
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गर्नुभएको छ ।

आज सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंकको ब्याजदरमा केही कर्म गर्नसके उद्योगी र व्यवसायीहरुको मनोबल उच्च बन्ने बताउनु भयो । अध्यक्ष अग्रवालले ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिनुभयो ।

उहाँले सिडि रेसियो पनि सहज हुँदै गइरहेपनि बैंकहरुमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताउनुभयो । उहाँले बैंकहरुले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गर्नुभयो । उहाँले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास समेत लिएको अध्यक्ष अग्रवालले बताउनुभयो ।