२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन गृहमन्त्री लामिछानेकाे आग्रह


325
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले नै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिन सांसदहरुलाई आग्रह गर्नुभएकाे छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उहाँले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताउनु भयाे ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उहाँले भन्नुभयाे । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताउनु भयाे ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उहाँले बताउनु भयाे । उहाँले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताउनु भयाे ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताउनु भयाे ।