
काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् ।
अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने यस चलचित्रमा सोमबार चलचित्र निर्माण कम्पनी सलोन-सलिना फिल्म्स र अर्पणबीच सम्झौता भएको हो ।
आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रमा शोभित प्रस्तुतकर्तामा रहेका छन् । सुरेश न्यौपानेले चलचित्रको कथा लेखेका छन् भने चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
पौरखी राईले निर्देशन गर्ने यस चलचित्रलाई काठमाडौं, पोखरा र मुस्ताङमा खिचिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्