१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिए शपथ


143
Shares

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएकाे छ ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बिहान ९ः५० बजे मुख्यमन्त्री जमकट्टेललाई संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण खुवाउनुभएकाे हाे । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण लिएका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूकाबीचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयाे । उहाँले बागमती प्रदेशमा बढीमा ११ वटा मात्र मन्त्रालय बनाउने बताएउनुभएकाे छ। मन्त्रिपरिषदको पूर्णता हुन केही दिन लाग्ने भएको छ । बागमती प्रदेश सभामा १ सय १० सभासद रहेका छन् ।