१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घट्यो सुनको मूल्य, चाँदी स्थिर


91
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले घटेर एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ३६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।