
काठमाडौं । रसुवा भन्सारबाट ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालबाट निर्यात खुलेको १५ दिनमा ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।
रसुवा भन्सार कार्यालयले १२ पुसयता नेपालबाट २० वटा गाडीमा ३ करोड मूल्यको नेपाली वस्तु चीनतर्फ निर्यात भएको जनाएको छ ।
प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति र माटोका भाँडाहरु चीनतर्फ निर्यात भएको बताउनुुभयो ।
नेपालबाट वस्तु निर्यात हुँदा भन्सार शुल्क नलाग्ने र प्रज्ञापन शुल्क बापत एक सय रुपैयाँ मात्रै तिरे पुग्ने भन्सार कार्यालयले जनाएको छ ।
नेपालबाट वस्तु निर्यात सुरू भएपछि व्यवसायीहरु उत्साहित भएको रसुवा उद्योग वाणिजय संघले जनाएको छ । संघका अध्यक्ष खिसाङ नोर्वु तामाङले निर्यात सुरू हुनु सकारात्मक भएको बताउनुभयो । तीन वर्षदेखि रोकिएको निर्यात खुलेसँगै व्यवसायीहरु उत्साहित भएका छन् ।
रसुवा नेपालबाट चीनमा वस्तु निर्यातका लागि सजिलो बिन्दु भएकाले चीनतर्फ रसुवाकै उत्पादन निर्यात पनि बढी भएको छ ।
प्रतिक्रिया दिनुहोस्