
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ ।
सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको जम्मकट्टेलले माघ ३ गते मंगलबार विश्वासको मत लिनु हुने भएको हो ।
विश्वासको मत लिनेबारे प्रदेश सभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
जम्मकट्टेललाई नेकपा (एमाले) को २७, नेकपा (माओवादी केन्द्र) को २१, राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी) को ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।
११० सदस्यीय बागमती प्रदेश सभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ ।
प्रतिक्रिया दिनुहोस्