
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बिहीबार बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।
बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ । यसैगरी, बाँकी रहेका मन्त्रालयको भागबन्डा पनि बिहीबारकै बैठकबाट गरिनेछ ।
प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । सो अवसरमा मन्त्रिपरिषद् विस्तार तथा कांग्रेसले सरकारलाई विश्वाशको मत दिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्