
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे छ ।
त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ ग्रहण गर्नुभएकाे छ।
उहाँहरुलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराउनु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्