२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भ्रातृ संगठनका अध्यक्षहरूलाई देउवाले बोलाए धुम्बाराहीमा


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्नु हुने भएकाे छ ।

भ्रातृ संगठनका अध्यक्षहरूलाई उहाँले आफ्नै निवास धुम्बाराहीमा छलफल गर्नका लागि शुक्रबार बिहान ११ बजे बोलाउनुभएकाे हाे । कांग्रेसका सभापति देउवाले कार्यसमिति विस्तार लगायतका विषयमा छलफल गर्न नेपाल विद्यर्थी संघ (नेविसंघ) तरुण दलल गायतका अध्यक्षहरूलाई धुम्बाराही बाेलाउनु भएकाे कांग्रेसले जनाएकाे छ ।

बिहिबारको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन पनि आएकाले नेविसंघलाई पूर्णता दिने र तरुण दल लगायत भ्रातृ संस्थामा समेत कार्यसमिति पूर्ण बनाउने विषयमा छलफल भएको थियो ।