१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

एमालेका १ र माओवादीका २ मन्त्री थपिए

130
Shares

काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले आज नेकपा एमालेका एकजना र माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । एमालेबाट बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री भएका छन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईं हुनुहुन्छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा आजै विश्वासको मत लिदै हुनुुहन्छ । विश्वासको मत लिनु अघि उहाँले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत आइतवार कार्की मुख्य मन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले त्यतिबेला चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । सत्ता गठबनधनमा रहेका ६० जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बन्नु भएको हो ।