८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते


156
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

लुम्विनी प्रदेशको प्रदेश सभा सचिवालयले माघ ३ गते सभामुख र उपसभामुखको निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो । त्यसका लागि माघ २ गते मनोनयन दर्ता र सोही दिन साँझ साढे ५ बजे उम्मेदवारको सूचि प्रकाशित गर्ने र ३ गते निर्वाचन हुने कार्यतालिका छ ।