
काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दावी गर्नु भएको छ ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले वर्तमान सरकार जनादेश अनुसार बनेको र त्यसले मुलुकको सुशासन र समृद्धिका लागि सुरुवाती दिनबाट सकारात्मक कदमहरु अघि बढाएको बताउनु भएको हो ।
सांसद शर्माले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन ‘सम्भव छ र सम्भावना छ’भन्ने देखाउनुपर्ने भएकाले सोही अनुसार अघि बढने विश्वास समेत व्यक्त गर्नु भयो ।
सरकारले राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने भएकाले त्यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
सांसद शर्माले वर्तमान गठबन्धन सरकार समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर भईरहेको पनि बताउनु भयो । जनताको अपेक्षा पूरा गर्दै अघि बढेमा मात्रै सरकार र राजनीतिक दलहरुले आफ्नो सुशासन र समृद्धिको मिसन पूरा गर्न सक्ने पनि स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्