८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


यसकारण दियाे कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि कांग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनभित्र ठूला दलहरुको दम्भ बढेको र साना दलहरुको बार्गेनिङ पावर बढेको भन्दै उहाँले दुवैलाई सन्तुलनमा राख्नका लागि काँग्रेस मैदानमा प्रवेश गरेको बताउनु भयो ।

उहाँले कांग्रेस खेलाडीको रुपमा नभइ रेफ्रीको रुपमा मैदान प्रवेश गरेको भन्दै आफूहरु खबरदारी गर्नका लागि मैदानमा आएको बताउनु भयो । जो कोही नभएपनि सरकार र संसद पाँच वर्ष चल्छ भन्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षक भएको उल्लेख गर्दै त्यसका विरुद्धमा लाग्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो ।