
फाइल फोटो
काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र आइतबार सडक खुल्ला गरिने जनाएको छ ।
पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको छ । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम भइरहेको छ ।
माघे संक्रान्तिमा देवघाटमा स्नान गर्न देशैभरबाट भक्तजन जाने गर्दछन् । यो वर्ष पाँच लाख भक्तजन देवघाट पुग्ने अपेक्षा देवघाट क्षेत्र विकास समितिको छ ।
प्रतिक्रिया दिनुहोस्