
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा एस्टनले लिड्सलाई २–१ ले हराएको हो ।
खेलको तेस्रो मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा ईमी बुएन्डियाले गोल गर्दै एस्टनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८३ औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल नहुँदा एस्टनले २–१ को खेल आफ्नो पक्षमा पार्यो ।
जितसँगै भिल्ला १९ खेलबाट २५ अंक जोडेर ११ औं स्थानमा यथावत रहेको छ । पराजित लिड्स १८ खेलबाट १७ अंक जोडेर १४ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्