
तस्बिर फाइल
कैलाली । सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख पदको निर्वाचन शनिबार हुने भएको छ ।
शनिबार दिउँसो सम्पन्न सर्वदलीय बैठकले शनिबार साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश सभामुख पदका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् ।
बिहिबार दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ । सर्वदलीय बैठकमा प्रदेश सभामा सहभागी सबै दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्