
काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।
अब न्यु डायमण्डले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ । पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएर फाइनल पुगिसकेको छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् ।
यस्तै, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्