२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना


832
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएकाे छ ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याई अस्पातल भर्ना गरिएकाे छ ।

पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हाे । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।