१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनल आज


234
Shares

काठमाडौं । एन.भी.ए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको सातौं संस्करणमा महिलातर्फको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १२ बजे यो खेल सुरु हुनेछ ।

यसैगरी, पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।