१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेरोजगारी अन्त्य गर्न सामुहिक पहल गर्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल


91
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहलगर्नुपर्ने बताउनुभएको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै मल्लले सामूहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको हो ।

आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको भन्दै उहाँले उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी बढाउनु पर्ने बताउनुभयो ।

उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने मल्लको भनाई थियो ।