१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनको मूल्य तोलाको एक लाख ५ हजार रुपैयाँ पुग्यो


26
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ११ सय रूपैयाँले बढेर एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार २५ रूपैयाँले बढेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।