
एजेन्सी । अमेरिकी र्यापर तथा संगीतकार कान्ये वेस्टले यिजीकी डिजाइनर वियांका सेन्सोरीसँग विवाह गरेका छन् ।
वेस्ट प्रायः आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई लिएर चर्चामा रहन्छन् । वेस्ट प्रसिद्ध मोडेल किम कार्दशियनसँग ८ वर्ष सम्मसँगै थिए । यद्यपि, उनीसँग सम्बन्धविच्छेद पछि वेस्टले फेसन डिजाइनर सेन्सोरीसँग विवाह गरेका छन् । तर, उनीहरूले भने कुनै आधिकारिक जानकारी गराएका छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्ट आफ्नै ब्रान्डमा काम गर्ने कर्मचारीसँग प्रेममा परेका थिए । त्यसपछि उनीहरुले एक निजी समारोहमा विवाह गरे । तर, उनीहरूले कानूनी रूपमा विवाह नगरेको बताइएको छ ।
र्यापर वेस्टले पूर्व पत्नी कार्दशियनसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेर सन् २०१४ मा विवाह गरेका थिए । तर, उनीहरूको विवाह लामो समय टिक्न सकेन । सम्बन्धमा धेरै उतारचढावका कारण विवाहको आठ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो । उनीहरुको चार सन्तान छन् । वेस्ट र कार्दशियनको सन् २०२२ मा आधिकारिकरुपमा सम्बन्ध विच्छेद भएको हो ।
केही समयअघि सेन्सोरी र वेस्टलाई विवाहको औँठी लगाएर सँगै डिनर खाएको देखिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्