
फाइल तस्बिर
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाेप्रति गहिरो दु:ख व्यक्त गर्नुभएकाे छ ।
विमान दुर्घटना भए लगत्तै उहाँले उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिनुभएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे हाे । आइतबारका सबै औपचारिक कार्यक्रम रद्द गरेर प्रधानमन्त्री दाहाल विमान दुर्घटनाकाे अवस्था बुझ्न अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) एयरपोर्टमा पुग्नु भएकाे सचिवालयले जानकारी दिएकाे छ ।
उक्त विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका छन् । ६८ जना यात्रु मध्ये १० जना विदेशी नागरिक भएकाे पर्यटक भएको पनि सचिवालयले जनाएकाे छ । साथै गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुग्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्