१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पोखराको नयाँ विमानस्थलमा पहिलो उडान भरेकै विमान दुर्घटना


819
Shares

काठमाडौं । आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो (पहिलो पटक) उडान गरेको विमान नै रहेको खुलेको छ ।

यतीको यही विमानले २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । तर, आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो विमान २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो ।

विमान दुर्घटनाको कारण अझै खुलेको छैन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् ।