
काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक रूपमा बसेकाे बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाे बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसाे बसेकाे मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनाकाे बारेमा छानबिन गर्नका समिति गठन गरेको हाे । सोमबार विमान दुर्घटनाको शोक घोषणा समेत गरेकाे एक मन्त्रीले जानकारी दिए ।
आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्नका लागि समेत बैठक बसेको हाे । पोखरामा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटनामा परेको थियाे ।
प्रतिक्रिया दिनुहोस्