
काठमाडाैँ । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सार्वजनिक विदा दिने निर्णय पनि गरेको हाे ।
त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।
विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयाे । पोखरामा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटनामा परेको थियाे ।
प्रतिक्रिया दिनुहोस्