६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सरकारले दियाे आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन


299
Shares

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हाे । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता विष्णु पौडेलले विमानको प्राविधिक परीक्षणले आगामी दिनमा यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्ने सरकारले विश्वास लिएको बताउनु भयाे।

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।