८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आइतबार कोरोना संक्रमित शून्य


65
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ५७१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा शून्य संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ६ जना संक्रमणमुक्त भएका छन् भने देशभर २३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।