७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


रिडीमा माघे संक्रान्ति मेला माघ ५ गतेसम्म लाग्ने


78
Shares

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्र धाम रिडीमा लागेको मेला यहि माघ ५ गतेसम्म लाग्ने भएको भएको छ ।

कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनका लागि भक्तजनहरुको भीड बढेको हाे। माघे संक्रान्तिमा कालीगण्डकीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाे छ । प्रत्येक वर्ष रुरु क्षेत्रमा धेरै अगाडिदेखि नै जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ ।

यसवर्ष माघ ५ गतेसम्म धार्मिक मेला लम्बिने भएकाे छ । रुरु क्षेत्रमा नेपालसँगै भारतको उत्तर प्रदेश तथा महाराष्ट्रका हिन्दु धर्मावलम्बी समेत स्नानका लागि आउने गर्दछन् । धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङका घरेलु उत्पादन कम्मल र राडीका साथै स्थानीय कृषि उत्पादन समेत बिक्रीका लागि रिडी बगरको स्टलहरुमा राखिएका छन् ।

यसैगरी पाल्पाको राम्दी र केलादी लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरुको भीड लागेको छ।