८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


156
Shares

सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका १ माथाचाैरकी ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।