१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा उपसभामुखमा कोइलीदेवीलाई उम्मेदवार बनाउने एमालेको निर्णय


195
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएको छ ।

सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ ।

उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ । सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोइलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो ।

कोइलीदेवी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन् । प्रदेशसभा सचिवालयका अनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखको निर्वाचन गर्ने तयारी अघि बढाउनु भएको छ ।

उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।