
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि बुधबार उमेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
सभामुखका आकांक्षीहरुले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ ।
दिउँसो सवा ४ बजे दर्ता उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
अहिलेसम्म कुनै पनि दलले सभामुखको उम्मेदवारको नाम चयन गर्न सकेका छैनन् । सत्ता गठबन्धन दलहरुबीच नेकपा (एमाले) ले सभामुख पाउनु पर्दछ । तर, एमालेले पनि उम्मेदवार तोक्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने नदिने विषयमा केही बताएको छैन् ।
एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्