१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिल्ली अदालतले ‘पठान’ को केही दृश्य फेरि परिवर्तन गर्न दियो आदेश


169
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ओटिटीमा रिलिज गर्न दिल्ली अदालतले सर्त राखेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली अदालतले ‘पठान’ को केही दृश्य परिवर्तन गर्न आदेश दिएको छ ।

ओटिटी प्लेटफर्ममा दृश्य काट्नु भन्दा दृश्यपरिर्वतन गरि फिल्मको मजा लिन सकुन भन्दै फिल्मको दृश्य परिवर्तन गर्न आदेश दिएको हो । अदालतले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनबाट पुन: सेन्सर प्रमाण पत्र लिनुपर्ने बताएको छ ।

यसअघि ‘पठान’ को १० स्थानमा सेन्सर गरिएको थियो । फिल्ममा समावेशी गीत ‘बेशरम रंग’ को दृश्य र फिल्मको संवाद परिवर्तन गरिएको थियो । त्यसपछि पनि फेरी अदालतले अन्य केही दृश्यलाई परिर्वतन गर्न भनेको हो ।

अदालतले फिल्मका निर्मातालाई २० फेब्रुअरीसम्म रिपोर्ट बुझाउन निर्देशन दिएको छ । तर अदालतले हलमा फिल्म प्रदर्शन गर्न कुनै प्रतिबन्ध लगाएको छैन।

फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मको ट्रेलरलाई दर्शकसँगै फिल्मकर्मीहरूले पनि रूचाएका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मको ट्रेलरलाई दर्शकसँगै फिल्मकर्मीहरूले पनि रूचाएका छन् ।

जनावरी २५ मा फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा प्रदर्शन हुनेछ ।