
web pic
काठमाडौं । सुनसरीको बर्जु महोत्सवमा झडप हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवका कारण झडप भएको हो ।
हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष पनि माघमा भारतीय कलाकार यादव आउँदा झडप भएको थियो ।
मंगलबार भएको झडपमा प्रहरीसहित पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कलाकार यादवलाई हेर्न गएका दर्शकलाई टिकट बिना प्रवेश निषेध गरेको र प्रवेश शुुल्क महँगो भएको भन्दै महोत्सव हेर्न आएकाले विरोध जनाएपछि झडप भएको र भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा महोत्सव हेर्न आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्