
काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बुधबार बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा २ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
सत्ता गठबन्धन दलहरूबीच एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्