
एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास स्टार बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।
फिल्म १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।
निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गर्दै नयाँ फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरेका छन् ।
प्रभासको अलवा कृति सेनन, सैफ अली खान र सन्नी सिंहको समेत अभिनय रहेको छ । ‘आदिपुरुष’लाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्म करिब ५०० करोडको बजेटमा बनेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
‘आदिपुरुष’को भिएफएक्सदेखि फिल्मका अभिनेता प्रभास र सैफ अली खानको लुक्सलाई लिएर पहिले नै विवादमा आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्