१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई सचिवको सरुवा, को कहाँ पुगे ?


351
Shares

काठमाडौँ । सरकारले दुईजना सचिवको सरुवा गरेको छ ।

बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको सरुवा गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय भएको बताइएको छ ।