८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


फ्रान्समा सरकारले ल्याएको नयाँ कानूनकाे विरूद्ध हडताल


988
Shares

दीपक चालिसे

फ्रान्स । फ्रान्स सरकारले ल्याएको नयाँ कानूनकाे विरूद्धमा बिहीबार सामाजिक हडताल गरिएको छ ।

सरकारले विभिन्न सेवामा कार्यरत कर्मचारी मजदुर लगायत सबै कर्मचारीहरूलाई नयाँ कानून अन्तर्गत अवकाश दिनलाई सबैभन्दा पहिला ३ श्रेणीमा विभाजित गरेकाे थियो ।

अतिजोखिम, जोखिम र सामान्य गरेर ३ तहमा विभाजन गरिएको थियो । विगतमा उमेरको हदबन्दी ६० वर्ष निर्धारण गरिएकाे थियाे । हाल फ्रान्स सरकारले ल्याएको नयाँ कानूनले ६५ वर्ष कायम गरेपछि त्यसकाे विरूद्धमा सामाजिक हडतालको (कर्मचारी तथा मजदुरसँग सम्बन्धित)नाम दिएर बिहीबार रेल ए र बी काे सेवामा ३ वटा चल्ने समयमा एउटा मात्र सञ्चालनमा रहेकाे छ । त्यसैगरी रेल सेवाको सि डि र ई पूर्ण रूपमा बन्द रहने भएका छन् भने मेट्रो रेल १ र १४ बाहेकका सम्पूर्ण बन्द रहने जनाइएकाे छ ।

सामाजिक हडताल भएको हुनाले विद्यालय, क्याम्पस र बैंक लगायतका सम्पूर्ण संस्थाहरु बन्द गरिएको छ । आन्दोलनकारीहरुले तोड्फोड र बन्द गर्ने भएकाले फ्रान्स सरकारले सुरक्षाकाे व्यवस्थापनमा समेत कडाई गरेकाे छ ।

सामाजिक संस्थाहरुले मानिसहरूलाई अति आवश्यकका काम भन्दा बाहेकमा घरबाहिर ननिस्किन समेत आग्रह गरेका छन् । विभिन्न सेवा बन्दले फ्रान्सलाई निकै ठूलो घाटा हुने आर्थिक बिश्लेषकहरुको भनाई छ । बन्दमा यहाँ कार्यरत कर्मचारी , मजदुर लगातका सम्पूर्ण मानिसहरूकाे साथ रहेको देखिएकाे छ ।