
काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताउनुभएको हो ।
सांसद नेम्वाङले सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भुमिकामा घिमिरे उपयुक्त पात्र रहनुभएको बताउनुभयो ।
सांसद नेम्वाङ घिमिरेले नेपाली राजनीतिमा पुर्याउनुभएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रस्ताव गरेको बताउनुभयो ।
सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उहाँले प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्