
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताउनु भएकाे छ । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले यस्ताे बताउनु भएकाे हाे ।
त्यस्तै उहाँले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखिएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘संसद्मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।’
प्रतिक्रिया दिनुहोस्