
काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे छ ।
शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे हाे ।
उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएकाे छ ।
धनुषाकी यादव समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्