१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा मृत गैंडा फेला


78
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मृत गैडा फेला परेका छन् ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेकाे निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनु भयाे ।

उहाँका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटो मृत फेला परेकाे हाे ।

उहाँले भन्नुभयाे,’पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करहरुले मारेको हुन सक्छन्।’

यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।