१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवन निकुञ्जमा ६ महिनामा १० गैंडा मरे


65
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७९/०८० मा १० वटा एक सि‌गे गैंडा मरेका छन्।

चालू आवको पहिलो ६ महिनामा मरेका १० वटा गैंडा मध्ये ७ वटा प्राकृतिक कारणबाट, १ विद्युत् करेन्ट लागेर र २ वटा चोरी निकासी गर्ने तस्करका कारण मारेको निकुञ्जले जनाएको हाे। शुक्रबार पूर्वीनवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका २ वटासहित मरेका गैंडाको संख्या १० पुगेको हो । शुक्रबार पूर्वीनवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैंडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् ।

मृत फेला परेका २ वटा मध्ये अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी ४ वर्षको बच्चा गैंडाको भने खाग सुरक्षित रहेको निकुञ्जले जनाएकाे छ । तस्करले माउँ गैंडालाई थापेको धरापमा परेर बच्चा गैंडा पनि मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको निकुञ्जका अधिकारीहरुले बताएका छन् ।

खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।