११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


गरीबी दर घटाउने प्रधानमन्त्री दाहालकाे दावी


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरीबीको दर घटाउँदै बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राइट टु प्रोटेन रन हाफ म्याराथुन पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा प्रोटिनको उपलब्धता सोचेजति पुग्न नसकेको बताउनुभयो ।

उहाँले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको उल्लेख गर्नुभयो । पहिलो १ सय दिनमा बालबालिकाहरुलाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यकाे बारेमा सरकार जानकार रहेको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री दाहाले गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरेर सरकारले स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । पोल्ट्रि उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्ट्री उद्योगका उद्यमी र कृषकहरुलाई प्रधानमन्त्री दाहाले धन्यवाद समेत दिनुभयो ।