
काठमाडौं । उपसभामुख चयन गर्नका लागि प्रतिनिधि सभाको बैठक अहिले सुरू भएकाे छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएकाे हाे । आजकाे प्रतिनिधि सभाको बैठकले उपसभामुख चयनका गर्ने संसद सचिवालयले जनाएको छ । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
शुक्रबार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ता कुमारी यादवले उम्मेदवारी दर्ता गरेका थिए ।
उपसभामुख पदमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहनुभएको छ । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्।
यादवको प्रस्तावकमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्