१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसद केसीले भने : देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्दैछ


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताउनु भएकाे छ ।

उहाँले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भयाे ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयाे ।