
बर्दिया । बर्दियामा ३ दिनदेखि एक जना बालक सम्पर्क विहीन भएका छन् ।
जिल्लाको मधुवन नगरपालिका-१ सूर्य पटुवा (कुसुम्मा) का १२ वर्षीय बालक रोशन खड्का सम्पर्क विहीन भएका हुन् ।
यहि माघ ५ गते बेलुका ५ बजेदेखि परिवारको जानकारी बिना घरबाट निस्केका रोशन २ दिनदेखि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन विभिन्न निकायमा गुहार मागिरहेको छ ।
विद्यालयकाे पोसाक र कालो जुत्ता लगाएका रोशनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवारले सबैमा अपिल समेत गरेकाे छ।
प्रतिक्रिया दिनुहोस्