
एजेन्सी । पेरु सरकारले प्रशिद्ध पर्यटकीय स्थल माचुपिचु अनिश्चित कालका लागि बन्द गरेको छ ।
केही हप्ता यता जारी भएकाे प्रदर्शनकाबीच सरकारले पर्यटक र नागरिकको सुरक्षाका लागि भन्दै पर्यटकीय स्थल माचुपिचु बन्द गर्ने निर्णय गरेको हो । पेरुमा राष्ट्रपति विरुद्ध चर्केको आन्दोलनकाबीच सोही स्थलमा सयौं विदेशीहरु फसेको अनुमान गरिएको छ ।
प्रदर्शनकारीहरुले यातायात सेवा समेत अवरुद्ध पारेपछि सयौं पर्यटकहरु त्यहाँ फसेको जनाइएकाे छ ।माचुपिचु पेरुको निकै चर्चित पर्यटकीय स्थल हुनुका साथै विश्वको सात आश्चर्यहरु मध्ये एकमा पर्दछ । जहाँ वर्षेनी विश्वका हजारौं पर्यटक पुग्ने गर्दछन् ।
पेरुका पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोको रिहाइको माग गर्दै चर्केको प्रदर्शन दैनिक रूपमा हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपका क्रममा दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् । साेही झडपमा थुुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्